Century Times

जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांगजनकपुरधाम, साउन २८ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २लाई जनसंख्याको अनुपातमा कोभिड १९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन केन्द्रिय कोरोना संकट व्यवस्थापन केन्द्र संग मांग गर्नु भएको छ । सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वका्े टोली सहित मुजेलिया स्थित ग्रामिण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले सो मांग गर्नु भएको हो ।

सबैभन्दा बढी जनघनत्व तथा भारत संगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश २ लाई जनसंख्याको अनुपातमा भ्याक्सीन उपलब्ध हुन नसकेको उहाँले गुनासो गर्नु भयो । विगतमा केन्द्रिय नेतृत्वलाई कोरोना महामारीको जोखिम बारे बुझन प्रदेश २को स्थलगत अनुगमनको लागी पटक पटक आग्रह गर्दा समेत आउन नचाहेको अवस्था शर्मा नेतृत्वको टोली प्रदेशमै आएर छलफल गरेकोमा उहाँले धन्यवाद समेत दिनु भयो । महामारी नियन्त्रणका लागी आफुहरु उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा ििलन सफल भएको उल्लेख गर्नु हुँदै उहाँले सम्भावित तेस्रो चरणको लागी समेत तयारी अवस्थामा रहेको र त्यसमा केन्द्रको पनि सहयोग र समर्थन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

बैठकमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्माले महामारीको सम्भावित ते्स्रो लहर तथा निकट भविष्यमा हुने स्मार्ट लकडाउनको विधि बारे धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य निर्देनालयका निर्देशक विजय झाले प्रदेशको कोभिड १९को अवस्था एवं धनुषाका प्रमुख जिल्ला अधिकारीले धनुषाको अवस्था बारे व्रिफिङ्ग गर्नु भएको थियो । बैठकमा आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपे्न्द्र झा, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह सहितको सहभागिता रहेको थियो । ्

Leave a reply

Your email address will not be published.

Translate »