Century Times

सिसिटिभी मोनिटरिङ कक्ष समुद्घाघटन कार्यक्रम सम्पन्न:-


श्री उद्योग वाणिज्य महासंघ, पर्सा तथा सेफर बीरगञ्जको सहयोगमा यस कार्यालयभित्र सिसिटिभी मोनिटरिङ कक्षको निर्माण सम्पन्न भई बीरगञ्ज महानगरपालिकाका नगर क्षेत्रभित्र विभिन्न स्थानमा जडान भएका सिसिटिभी क्यामेराहरूको मोनिटरिङको लागि प्रदेश सरकार, प्रदेश नम्बर २, प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीज्यूको निर्वाचन क्षेत्र विकास कार्यक्रमको आर्थिक सहयोगमा सेफर बीरगञ्जमार्फत १२×१२ फिटको Video Wall प्रतिस्थापन भएकोमा मिति २०७८।०४।३१ गते दिनको १३.०० बजे प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबाबु राउत गदीज्यूबाट शिलालेख अनावरण गरी उल्लेखित मोनिटरिङ कक्ष तथा Video Wall सञ्चालनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

सेफर बीरगञ्ज समितिका संयोजक मनोजकुमार दासको सभाध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रदेश नं. २ प्रदेश सभाका माननीय सदस्यहरू प्रह्लाद गिरी गोस्वामी, सिंगासन साह कलवार, जन्नत अन्सारी र मञ्जुर आलम विशिष्ट अतिथि तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरे, २ नं. प्रदेश, प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. उमेश रञ्जितकार, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष सुबोध कुमार गुप्ता र पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी अतिथि रहनुभएको थियो ।

जिल्लास्थित उद्योगी-व्यावसायी, समाजसेवी र सञ्चारकर्मीहरू गरी जम्मा २५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले गर्नुभएको थियो भने उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष अनिल अग्रवालले कार्यक्रम सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, प्र.ना.म.नि. उमेश रञ्जितकार, प्र.जि.अ. पिताम्बर घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा मुख्यमन्त्री माननीय लालबाबु राउत गदीले सम्बोधन गर्नुभएको थियो । उपस्थित अतिथिहरूलाई सभाध्यक्ष मनोजकुमार दासले धन्यवाद ज्ञापन गरी ऐ.१४:०० बजे कार्यक्रमको समापन गर्नुभएको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »