सिरहा,०७८ भदौ २० गते ।
सिरहाको कल्याणपुर नगरपालिकाको कल्याणपुरमा वृक्षारोपण गरिएको छ । कल्याणपुर नगर युवा संजाल र सशस्त्र प्रहरी बल कल्याणपुरको संयुक्त आयोजनामा दुई सय ५० भन्दा बढी बोटविरुवा रोपिएको हो । जसपाका नेता रहेका पूर्व सुचना तथा संचार मन्त्री राजकिशोर यादव र प्रदेश २ का निवर्तमान उधोग,वन,पर्यटन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलको विशेष उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

सशस्त्र प्रहरी बल कल्याणपुरको ब्यारेकमा गरिएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक सुरेन्द्र भण्डारी, इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर राजेन्द्र श्रेष्ठ, जसपाका सिरहा जिल्ला अध्यक्ष स्वामी बाबा, मिर्चैया नगर अध्यक्ष रामवावु यादव, नगर युवा संजालका अध्यक्ष आनन्द शर्मालगायत युवाहरुको उपस्थिती रहेको थियो । वृक्षारोपण जैविक प्रकोप र वातावरण संरक्षणको लागि आफुहरुले वृक्षारोपणलाई प्राथमिकता दिदै आएको युवा समाजसेवि मनु मण्डल (मनिस) ले बताए ।
