२०७८।०५।०२ गते
बेलुका ८ बजेको समयमा लपु जि लपु म न पा १३ कुसुन्ती स्थित शान्ता लामिछानेको घरमा १५ मिनेटको अन्तरालमा सुत्ने कोठामा ताल्चा लगाई भान्सा कोठामा खान गएको मौका छोपी सो घरको ताला फोडी कोठामा रहेको दराज फोडी दराजभित्र झोलामा राखिएको अं १० तोला सुनको गरगहनाहरु र १० लाख नगद समेत चोरी गरेको सम्बन्धमा महानगरीय प्रहरी वृत सातदोबाटोवाट खटिएको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान पश्यात २ जना भई चोरी गरेको र चोरीको गरगहना बिभिन्न स्तरमा किन बेच समेत गरी सुनको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न बिना बिल सुन किन्ने र बेच्ने कार्यमा सलग्न अन्य ४ जनालाई ललितपुरको विभिन्न एरियाबाट पक्राउ गरी स्वरुप परिबर्तन भैसकेको अबस्थामा करिब ३ तोला सुन, धनमाल सगै चोरी भएको मोबाईल र रु ४५,०००/- नगद सहित पक्राउ र बरामद गरी चोरी सम्बन्धी कसुर मुद्धामा अनुसन्धान कार्य भईरहेको र अन्य फरार ब्यक्तिहरुको समेत खोजतलास भईरहेको ।

Century Times
