
जनकपुरधाम:
जनकपुरधाम को सू-प्रसिद्ध शक्तिपिठ माता राजदेवी मन्दिर मा हुने दशैँ पुजा लाई लक्षित गरेर माता राजदेवी मन्दिर, राम मन्दिर र वरिपरि को पार्क श्री महावीर युवा कमिटी द्वारा सरसफाई गरिएको छ।
उक्त कार्यक्रमको अध्यक्षता श्री महावीर युवा कमिटी को अध्यक्ष बलराम साह ले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा नगर प्रमुख श्री लाल किशोर साह ज्यू को उपस्तिथि थियो।
कार्यक्रममा कार्यसमिति का पदाधिकारी,पूर्व अध्यक्ष,पूर्व बरिष्ठ निर्देशक लगायत का पूर्व पदाधिकारी एवं सदस्यहरु को पनि सहाभागिता थियो।
यस पाली को दशैँ कोभिड लाई मध्य नजर गरि सुरक्षा मापदण्ड अपनाई बडो धुमधामका साथ मनाउने भन्ने कुरा अध्यक्ष बलराम साह ले जनाएका छन।
Century Times
