Century Times

सिरहा रमौलको घटना बारे युवा नेता आलमले बुझायो मुस्लिम आयोग्मा ज्ञापन पत्र

सिरहा रमौलको घटना बारे युवा नेता आलमले बुझायो मुस्लिम आयोग्मा ज्ञापन पत्रमिति २०७८/५/२४ गते बिहिवार जिल्ला सिराहा नगरपालिका सिराहा वार्ड न ४ गाउँटोल रमौल बस्ने बरिदा खातुन शादी समारोहमा सरिक हुन भारत गएको एक हप्ता पछी फर्किने क्रममा भारतमै स्वास्थ्य समस्या देखिएपछि भारतकै सीमावर्ती शहर जयनगरमा उपचार सम्भव नभए पछि नेपालमै लगि उपचार गराउने भनी एम्बुलेन्स समेत नभेटेपछि टेम्पुमा ल्याउने क्रममा नेपाल तर्फको माडर भन्सारको गेट राति अन्दाजी २:३० बजे मा सशस्त्र प्रहरीले खोल्न नमानेपछि बिरामीको अवस्था बिग्रदै जादा अन्दाजी राति ३:४० बजे मा बरिदा खातुनको भन्सार गेटमै मृत्यु भएको थियो ।

सो घटना बारे छानबिन , छतिपुर्ती , तथा कानुनी कार्यवाहीको लागी मुस्लिम आयोग मार्फत आवश्यक पहल गरिदिन हुन अनुरोध गरिएको छ ।

पीडित परिवार लाइ न्याय दिलाउनको निम्ति सिरहा न.पा-४ का युवा नेता साथै युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका मो. शमशाद आलम ज्यूले मुस्लिम आयोगको अध्यक्ष समिम मिया अनसारी ज्यूलाई ज्ञापन पत्र बुझाएका थिए ।अध्यक्ष अन्सारीले भनु भयो हामी चाढै पीडित परिवारलाई क्षतिपूर्ति साथै संविधान बमोजिम न्याय दिलाउने छु।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »