Century Times

डा. साहको अध्यक्षतामा बिबेकशिल साझा पार्टी बारामा गठन

कलैया , बारा

डाक्टर सुशिल साहको अध्यक्षतामा बिबेकशिल साझा पार्टी बारामा शनिबार गठन भएको छ। कलैया स्थित करण राज पैलेसमा आयोजित जिल्ला कमिटी घोषणा कार्यक्रममा ३५ सदस्यीय कमिटी गठन गरीएको छ।

उक्त पार्टीको सँगठन बिभाग प्रमुख निर्देश सिलवालको प्रमुख उपस्तिथि , उप प्रमुख प्रदिप कुमार थापा , केन्द्रीय कार्य समिति सदस्य एस पि साह सारथि , केन्द्रीय सदस्य बिबेक शर्मा , धनपति महतो लगायतका अतिथिहरुको उपस्थितमा जिल्ला कमिटी गठन भएको छ। सो कमिटी मा सदस्यमा सँताेष साह , जमाल अँसारि , गयासुदिन मँसुर , उमेश मँडल , ताज महमद , उदिप यादव लगाएतका सदस्यहरु चयन भएका छन्।

उक्त कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष डाक्टर साहले बिकेकशिल पार्टी शिक्षित जनताको भएकोले सबै जना सहयोग गर्न अपिल गरेका छन। यो पार्टी कुनै गुठ उपगुठ तथा जातिय बिचार धाराको नभई साझा नेपालि हरुको पार्टी भएको बताएका छन।

डाक्टर साह यसभन्दा पहिले नेकपा-माओवादी केन्द्रमा युवा नेताको रुपमा रहि पार्टीको लागि तथा जनताको लागि भ्रष्टाचारको बिरोधमा अवाज उठाउदै आएका थिए। तर केहि दिन अघि नेकपा माओवादी केन्द्रका कलैया नगर भेलामा नगर अध्यक्ष पदमा दाबेदारी गरेपनि नगर सह सचिव पद दिएकोले राजिनामा दिएका थिए।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

भर्खरका पोष्टहरू

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »