मिति २०७८ पौष ७गते का दिन शिक्षक सेवा आयोग द्वारा सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी , शिक्षक पदपूर्तिका खुल्ला तथा समावेशी प्रतियोगिताका लागि जारी गरिएको विज्ञापन प्रति हामी सिंगों मुस्लिम समुदायका विद्यार्थीहरूको ध्यानाकर्षण भएको छ । शिक्षक सेवा आयोग द्वारा खुल्ला तथा समावेशी भन्दै आह्वान गरिएको विज्ञापनमा महिला,दलित महिला , आदिवासी /जनजाति , मधेशी, दलित , अपांग र पिछडिएको क्षेत्र समुदायलाई समेटेको छ तर मुस्लिम र थारू समुदायलाई नसमेटेको प्रति हाम्रो असन्तुष्टि रहेको जनाउदै विज्ञापनलाई सच्याएर संविधान अनुरूप पुनः नया विज्ञापन प्रकाशित गर्न विद्यार्थीहरुले मांग गरेका छन्।

माननीय श्री मुस्लिम आयोग ज्वालाखेल ,
काठमांडौ
विषय : ध्यानाकर्षण सम्बन्धमा ।
यही मिति २०७८ पौष ७गते का दिन शिक्षक सेवा आयोग द्वारा सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी , शिक्षक पदपूर्तिका खुल्ला तथा समावेशी प्रतियोगिताका लागि जारी गरिएको विज्ञापन प्रति हामी सिंगों मुस्लिम समुदायका विद्यार्थीहरूको ध्यानाकर्षण भएको छ । शिक्षक सेवा आयोग द्वारा खुल्ला तथा समावेशी भन्दै आह्वान गरिएको विज्ञापनमा महिला,दलित महिला , आदिवासी /जनजाति , मधेशी, दलित , अपांग र पिछडिएको क्षेत्र समुदायलाई समेटेको छ तर मुस्लिम समुदायलाई नसमेटेको प्रति हाम्रो असन्तुष्टि रहेको छ । शिक्षा नियावलीमा (२) उपनियम (१) को खण्ड (क ) बमोजिम महिलाको लागि छुट्याइएको ३३% स्थान मध्ये ३% दलित समुदायका महिला र २% स्थान मुस्लिम समुदायको महिलाका लागि छुट्याउनु पर्ने नियम रहेता पनि महिला कोटामा समेत मुस्लिम समुदायको महिलालाई बाहिर राखेको हुनाले शिक्षा सेवा आयोगको उक्त गैर जिम्मेवार गैर संवैधानिक कदम चालेको हाम्रो ठहर छ ।‛ नेपालको संविधान २०७२ धारा ४२ समाजिक न्यायको हक’ अंतर्गत मुस्लिम समुदायलाई प्राप्त भएको अधिकारलाई उपभोग गर्न बाट बंचित गराएको हुनाले मुस्लिम समुदायको संवैधानिक वकालत गर्ने संवैधानिक निकाय मुस्लिम आयोग रहेको हुनाले मुस्लिम आयोगलाई ध्यानाकर्षण गराउदै छौं । शिक्षक सेवा एनको समेत बर्ख़िलाफ़मा गरिएको विज्ञापनलाई यथाशीघ्र रोक्न लगाएर सच्याएर मुस्लिम समुदायलाई संवैधानिक अधिकार बमोजिम समावेशी नीति अनुसार समावेश गराई पुनः नया विज्ञापन जारी गर्न गराउन मुस्लिम आयोग समक्ष हामी विद्यार्थीहरूको मांग रहेको छ । लोक सेवा आयोग ले लिने सम्पूर्ण परीक्षामा जस्तै निजामती, सरकारी संस्थान , त्रि.वि सेवा आयोग , शिक्षा सेवा , शिक्षक सेवा आयोग , प्रहरी सेवा संस्थान हरेक सरकारी सेवामा मुस्लिमको छुट्टै कलस्टर संविधान अनुरूप कायम राखी आरक्षण प्रदान गर्ने व्यवस्था मिलाउन निकै गम्भीरताका साथ मुस्लिम समुदायलाई संवैधानिक उपभोग गर्ने व्यवस्था मिलाउन हार्दिक अनुरोध छ।बोधार्थ :
१. शिक्षक सेवा आयोग , सानोठीमी भक्तपुर
२. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , सिंहदरबार
