काठमाडौं– नेकपा एमालेको भातृसंगठन अनेरास्ववीयु नेपाल ल क्याम्पस कमिटीको नेतृत्व चयनको विषयलाई लिएर केही पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् ।पुस पाँच गते भएको अनेरास्वीवयु ल क्याम्पसको २५ औं सम्मेलनमा नेतृत्व चयनका लागि गठन गरेको अध्यक्षमण्डलको समितिले विधान विपरीत कमिटी गठन गरेको भन्दै कमिटीका १४ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

कमिटी गठन गरेकाे २४ घण्टा बित्न नपाउँदै १४ जना को टोली ले सामूहिक राजीनामा दिएका हुन् ।अनेरास्ववियु नेपाल ल क्याम्पसका नि बर्तमान अध्यक्ष हरि पङेनिले बिधान बिपरित र मनोमानी ढंगले गरेको कमिटी गठन का कारन सोही कमिटी का १४ जना ले दिए सामुहिक राजीनामा।
अनेरास्वीयुका नेपाल ल क्याम्पस सदस्य रहेका गोबिन्द शाहले संगठनको हितका लागि लामो समयदेखि काम गर्ने व्यक्तिहरुलाई वेवास्ता गर्दै निवर्तमान अध्यक्ष हरि पंगिनीले आफ्नै ल फर्ममा काम गर्ने व्यक्तिहरुलाई नेतृत्व हस्तान्तरण गरेकाले सामूहिक राजीनामा दिएको सेञ्चुरी टाइम्स्जा लाई जानकारी दिए । अनेरास्वीयुको कमिटी गठन विधानमा सात सदस्यमा दुई जना महिला अनिवार्य हुनुपर्ने बताउँदै शाहले भने,“पंगिनीले मनोमानी ढंगबाट विधान विपरीत गई एक जना मात्र महिला राखेका छन् ।
”पदका लागि भन्दापनि पंगिनीले नेतृत्व चयनका लागि अपनाएको पद्धतिको विरोध गरेको उनको भनाइ छ । उनका अनुसार सहमतिकै आधारमा पनि नेतृत्व चयन गर्न सकिन्छ तर, यहाँ छलफलै नगरी नेतृत्व चयन गरिएको छ, जुन स्वीकार ज्न्य छैन ।सामूहिक राजीनमा दिने मुक्तिनाथ बोहोराले अध्यक्षले एकलौटी ढंगले नेतृत्व चयन गरेकाले सामूहिक राजीनमा दिएको बताए । पहिलो चरणमा १४ जनाले राजीनामा दिएपनि अरु व्यक्तिहरुले पनि आफूहरुलाई साथ दिएको उनको भनाइ छ ।
हामीसँग जोडिनु हुने सबै जनालाई साथमा लिएर केन्द्रीय कमिटी र अध्यक्ष मण्डलको अनावश्यक हस्तक्षेपको प्रतिवाद गर्ने बताउँदै बोहोराले भने,“अर्को कमिटी गठन गर्नेसम्मको योजना राजीनामा दिने समूहको छ।


Century Times
