मिति २०७८।१०।०४ गते
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरबाट अन्दाजी १०० जनाको संख्यामा रहेको प्रदेश नं. २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्यालीले नगर परिक्रमा गर्ने क्रममा ऐ. १५:२० बजे र्यालीसँगै मो.सा.मा आएका वीरगञ्ज म.न.पा.वडा नं.१ बस्ने वर्ष २६ को सुमन पटेलले ऐ. वडा नं.१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेकोमा निजलाई व.प्र.का. बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरी यस कार्यालयमा ल्याई आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा जिल्ला प्रशासन कार्यालय पर्सा ले जनाएको छ ।

पक्राउ विवरण निम्न:- अभियुक्त :- सुमन पटेल
उमेर:- २६ वर्ष
ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१
पक्राउ मिति:- २०७८।१०।०४ गते ।
मुद्दा:- आपराधिक उपद्रव सम्बन्धी कसूर

Century Times
