Century Times

कांग्रेसबाट कालिकामाई काे अध्यक्षमा पटेल र उपाध्यक्षमा साह चुनाव लडने

वीरगंज, २७ चैत ।

नेपाली कांग्रेसबाट पर्साकाे कालिकामाई गाउँपालिकाकाे अध्यक्षमा अजय पटेल र उपाध्यक्षमा कुन्ती देवी साह चुनाव लड्ने भएका छन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार अजय स्व. नेता राजेन्द्र प्रसाद कुर्मीका छाेरा हुन् भने उपाध्यक्षकी उम्मेदवार कुन्ती कांग्रेस कालिकामाई गाउँपालिका सभापति छठु साहकी श्रीमती हुन् ।गत बर्षकाे निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अजयका बुवा स्व. राजेन्द्र र उपाध्यक्षमा कुन्ती नै चुनाव लडेका थिए ।नेताहरुका अनुसार कालिकामाई गाउँपालिका अध्यक्षमा अजय र उपाध्यक्षमा कुन्तीले टिकट पाउने छन् ।

केही व्यक्तिहरुले जसपाबाट गाउँपालिका उपाध्यक्षकाे टिकट पाउने नसकेका एक ब्यक्तिलाई कांग्रेसमा ल्याएर टिकट दिलाउने याेजनाबद्ध तरिकाले कसरत गरिरहे पनि त्याे सम्भव नहुने नेतारुले वताएका छन् । यस अघि पनि गाउँपालिका अध्यक्षको टिकट अन्य एक व्यक्तिलाई पार्टीमा ल्याएर दिलाउने प्रयास गरेपनि त्याे प्रयास असफल भएकाे थियाे ।अहिले आएर त्याे व्यक्तिलाई कुनै पार्टीले टिकट दिने नभएपछि स्वतन्त्र भएपनि वडाध्यक्षमा चुनाव लडने तयारी गरिरहेका छन् ।

यसैगरी कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ प्रशुरामपुरका वडाध्यक्षका उम्मेदवार संजय चाैहान र वडा नं. ५ बिरन्चीबर्वाका वडाध्यक्षका उम्देवार माधाे चाैहान हुने टुंगाे लागे पनि अन्य वडाकाे लाग्न सकेकाे छैन् । बैशाख ३० गते हुने निर्वाचनकाे मनाेनयन दर्ता १४ दिन मात्र बाकी रहदा पनि सबभन्दा बढी वडा नं. १ मुडलीमा वडाध्यक्षकाे आकांक्षी धेरै भएका कारण उम्मेदवार छनाैट गर्न सकस देखिएकाे छ ।वडा नं. १ का वडाध्यक्षका उम्मेदवारका आकांक्षी कार्यवाहक वडाध्यक्ष रामशिष यादव, रजाक मियाँ, रामविश्वास चाैहान, नेजामुदिन मियाँ, महन्थ पटेल, प्रभु साह र कमल पटेल रहेका छन् ।त्यसैगरी वडा नं. २ मा वडाध्यक्षका उम्मेदवार हुने आकांक्षीमा रामराज चाैरसिया, माेनहर साह र अर्जुन राम रहेका छन् ।

वडाध्यक्षका उम्मेदवारका आकांक्षी मध्येका माेनहर गत बर्षकाे निर्वाचनमा कांग्रेसबाटै वडाध्यक्षमा चुनाव लडेका स्व. रामाधार साह तेलीका छाेरा हुन् । यसैगरी वडा नं. ३ काे वडाध्यक्षका उम्मेदवारका आकांक्षी रामबहादुर साह गाेढ, रामशिष चाैरसिया र फरिन्द्र पटेल रहेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »