टेस्लाका सीईओ इलोन मस्क सोसल मिडिया प्लेटफर्म ट्विटर खरिद गरेपछि सोसल मिडियामा धेरै सक्रिय देखिन्छन्। उनले छिट्टै कोकाकोला किन्ने कुरा गरेका छन् । उनले कोकाकोला खरिद गरेपछि त्यसमा कोकिन राख्ने बताएका छन् ।
मस्कले ट्विट गर्दै भनेका छन्, ‘म अब कोकाकोला किन्दै छु ताकि यसमा कोकेन पुन: मिसाउन सकुँ।’ उनको ट्विटलाई अहिलेसम्म लाखौँले लाइक र रिट्विट गरेका छन् । मस्कले मंगलबार मात्र ट्विटर किनेका थिए। एलोन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए । ट्विटरको प्रत्येक शेयरको लागि उनले ५४.२० डलर तिरेका छन् । ट्विटरमा उनको पहिले नै ९% सेयर थियो। उनी ट्विटरका सबैभन्दा ठूलो सेयर होल्डर थिए। पछिल्लो सम्झौतापछि कम्पनीमा उनको शतप्रतिशत हिस्सेदारी छ र ट्विटर उनको निजी कम्पनी बनेको छ ।