Century Times

मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन

मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । 

यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । 

संघीय सरकारले मनलाग्दी मुल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पार्दा समेत प्रदेश सरकार चुपचाप बसेकाले विरोध गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । उनले बढाइएको मुल्य तत्काल फिर्ता गर्न माग गरे । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »