Century Times

जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाम । जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्क्याउन थालेको छ ।

शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।

‘हामीले नियन्त्रणमा लिएको ठाउँ आसपासमै ती सवारी साधनलाई होल्ड गरेर राखेका छौं’ उनले भने, ‘कार्यालय खुल्ने दिन मात्रै सम्बन्धित व्यक्तिलाई बोलाएर जिम्मा लगाउँछौं ।’

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »