Century Times

जरायोको सिङसहित जनकपुरधामबाट दुईजना पक्राउ

जरायोको सिङसहित जनकपुरधामबाट दुईजना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जरायोको सिङसहित जनकपुरधामबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका २४ बस्ने २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डे छन् ।

उनीहरूलाई जनकपुरधाम २४ बाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद भएको क्षेत्रीले बताए ।

सिंग बेचबिखन भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि वन डिभिजन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »