Century Times

ईस्लाम धर्मावलम्बीहरुले कुर्बानी(ईदुल अज्हा )किनमनाउने गरिन्छ ?

 धेरै वर्ष पहिले ईब्राहिम अलै सलाम यानी कि मुस्लिमहरुका एक पैगम्बर (अल्लाहको संदेश पृथ्वीसम्म पुर्याउने), उनी अल्लाहलाई धेरै मान्थे । एक रात अल्लाहले साँच्चिकै मलाई कतिको मान्ने र माया गर्नेरहेछ भन्दै पैगम्बर ईब्राहिम अलै सलामको परिक्षा लिनु भयो ।

 परिक्षा लिने क्रममा अल्लाहतालाले पैगम्बर ईब्राहिम अलै सलामलाई एउटा सपना देखाउनुभयो । सपनामा अल्लाहको आदेश थियो, मेरो निम्ती कुर्बानी गर । भोलि पल्ट पैगम्बर ईब्राहिम अलै सलामले अल्लाहको आदेश अनुसार १०० वटा उँटको कुर्बानी दिए । तर, अल्लाहको लागि गरिएको कुर्बानी अल्लाहलाई मंजुर भएन र फेरि दोश्रो पटक अल्लाहले सपना देखाउनु भयो, अनि आदेश दिनु भयो, मेरो निम्ती कुर्बानी गर ।

 पैगम्बर ईब्राहिमले भने, ‘मैले तपाईको आदेशको पालना गरी तपाईको लागि १०० बटा उँटको कुर्बानी गरिसकेको छु ।’ अल्लाहले त्यो अस्विकार गरि फेरि आदेश दिनुभयो । त्यसै गरी अल्लाहको आदेशको पालना गरी पैगम्बर इब्राहिमले फेरि कुर्बानी गरे । तर, यस पटकको कुर्बानी पनि अस्विकार भयो । फेरि त्यसै गरी तेश्रो पटक अल्लाहतालाले सपना देखाउनु भयो । पैगम्बर इब्राहिमले गर्नुभएको सबै कुर्बानी अस्विकार भयो । त्यसपछि अल्लाहले तिमीलाई सबै भन्दा बढी कसको माया लाग्छ भनेर प्रश्न गर्नुभयो । पैगम्बर इब्राहिमले जवाफ दिए, ‘तपाईको’ । फेरी प्रश्न गर्नु भयो, ‘म पछि कसको माया बेसी लाग्छ ?’ इब्राहिमले जवाफ दिए, ‘छोराको ।‘ त्यसपछि अल्लाहले सोध्नुभयो, ‘त्यसो भए तिम्रो छोराको कुर्बानी चाहियो मलाई । के मेरो निम्ती छोरोको कुर्बानी दिन सक्छौ ?’ इब्राहिमले हुन्छ भने । पैगम्बर इब्राहिम र उहाँको पत्नी हजराको एक मात्र छोरा थिए, ईस्माइल अलै सलाम । त्यति बेला उहाँको छोराको उमेर करिब ७/८ वर्ष मात्र थियो ।

 भोली बिहान उठेर इब्राहिमले आफ्नो श्रीमती र छोरालाई सबै कुरा सुनाए । उनको श्रीमती हजराले पनि अल्लाहको आदेश छ भने टार्न नहुने बताइन् । मुटुमा ढुङ्गा राखी उनको श्रीमतीले खुसीका साथ छोराको कुर्बानी गर्न भनिन् । दुखी भएर छोरा नजिक गई छोरालाई सबै कुरा सुनाए । छोराले पनि नडराई खुसीसाथ बुवालाई अल्लाहको संदेश हो, त्यसैले दुखी नभई अल्लाहको संदेशको पालना गर्नुस र मेरो चिन्ता नगरी मेरो कुर्बानी दिनुस भने ।

छोराले भने, ‘कुर्बानी गर्ने बखत तपाईलाई म प्रति धेरै माया लाग्न सक्ला । त्यस कारण म तपाईको आँखामा कालो पट्टि बाँधिदिन्छु । त्यसपछि इब्राहिमले कुर्बानीको लागि तयारी गरे । अल्लाहले छोराको कुर्बानी गर्न भनेर केवल इब्राहिमलाई जाँच्न मात्र खोज्नु भएको थियो । त्यसैले, अल्लाहले हलाल गरिने चाकुलाई पहिलै आदेश दिइसक्नु भएको थियो । कुर्बानी गरिने बेला चाकुको धार पैगम्बरको छोराको घाटीमा नपरोस भनेर । पैगम्बर कुर्बानीको सबै तयारी पुरा गरी आफ्नै छोराको हलाल गर्न गए । तर हलाल गर्न खोज्दा धारिलो चाकु उनको छोराको घाँटीमा नपरी जन्नतबाट(स्वर्ग) अल्लाहले पठाउनु भएको धुम्बा(खसी जस्तै एक प्रकारको जनावर), धुम्बाको घाँटीमा पर्न गयो ।

त्यसै दिन देखि संसार भरीका मुस्लिम समुदायलाई कुर्बानी गर्न अनिवार्य बनाईयो ।

लेखक:फिरोज अहमद
ठेगाना:जनकपुर

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »