जनकपुरधाममा १७ औं बलिदानि दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मधेश केन्द्रित विभिन्न राजनितिक दलहरुले छुट्टा छुट्टै कार्यक्रमहरु गरी बलिदानि दिवस मनाएका छन् ।
सोही क्रममा जसपा निकट समाजवादी यूवा संघ, नेपालले जनकपुरधामको भानू चोकमा दिप प्रज्ज्वलन गरी दिवस मनाएको छ । सो अवसरमा जनता समाजवादी पार्टीका विभिन्न नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जसपाका नेता तथा कार्यकर्ताहरुले भानू चोकको नाम मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोको नाममा राखिनुपर्ने र सहिद रमेशको शालिक स्थापना गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लाल किशोर साह, मधेश प्रदेशका पूर्व कानुन मन्त्री ज्ञानेन्द्र यादव, जसपाका जितेन्द्र यादव, बिकास यादव लगायतको उपस्थिति रहेको थियो ।
Century Times
