Century Times

नेपाली श्रद्धालुहरूका लागि २० वटा डब्बा भएको भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने

नेपाली श्रद्धालुहरूका लागि २० वटा डब्बा भएको भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने

भगवान् श्रीरामको प्राण प्रतिष्ठा समारोहमा जान चाहेका नेपाली श्रद्धालुहरूका लागि भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने भएको छ ।

भारतीय रेल्वेले २० डब्बा भएको रेल जनकपुरधाम पठाउन लागेको हो । उक्त रेल नेपाली श्रद्धालु बोकेर भोली जनकपुरधामबाट अयोध्याका लागि छुट्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले जानकारी दिए ।

उनले परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावास मार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको बताए ।

उनले भने, ‘अहिले टिकटको शुल्क कन्फर्म भइसकेको छैन । केहिबेरमा कन्फर्म हुन्छ ‌। त्यसपछि साँझ ४ बजेदेखि बुकिङ खुल्ला गर्छौँ ।’

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »