Century Times

कमला नदीको झोलुंगे पुल उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउँदै

कमला नदीको झोलुंगे पुल उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउँदै

नेपालकै लामो नवनिर्मित धनुषा र सिराहा जोड्ने कमला नदीको झोलुंगे पुलको उदघाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने भएका छन् ।

सिराहा नगरपालिका– १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कमला नदीको झोलुंगे पुलको अगामी फागुन १२ गते शनिबार प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने भएका हुन् ।

सो पुलको निर्माण केही अघि सम्पन्न भएर सर्वसाधारणका हिडडुलका लागि खोलिएको छ । यधपी विधिवत उदघाटन भने बाँकी नै रहेको छ ।
नवनिर्मित झोलुंगे पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर र एक दशमलव दुई मिटर चौडाइ रहेको छ । यो नेपालकै सबैभन्दा लामो पुल हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »