Century Times

एकै परिवारका ४ सदस्य मृत अवस्थामा फेला

एकै परिवारका ४ सदस्य मृत अवस्थामा फेला

काठमाण्डौको सीतापाइलामा दुई छोरीसहित कोठामै मृत भेटिएकी महिलाका श्रीमान् पनि नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बिहान आठ वर्षीया र दुई वर्षीया छोरी र झण्डै ३८ वर्षकी महिला कोठामै मृत भेटिएका थिए । अनुसन्धानका क्रममा ती महिलाका श्रीमान् सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भइ नागार्जुन नगरपालिका–६ बस्ने राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

विकले श्रीमती ईश्वरी श्रेष्ठसहित दुई जना छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »