Century Times

सरकारमा एमालेको नेतृत्व रघुवीर महासेठले गर्ने, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बन्दै

सरकारमा एमालेको नेतृत्व रघुवीर महासेठले गर्ने, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बन्दै

एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ ।

उनी यसअघि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनले परराष्ट्र र भौतिक योजना मन्त्रालयको नेतृत्व गरिसकेका छन् । गृह र अर्थ मन्त्रालय एमालेको भागमा परेको भए विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने सम्भावना थियो । तर यी दुवै मन्त्रालय नपाएपछि एमाले भौतिक पूर्वाधार लिएर रघुवीरलाई पठाउने निर्णय गरेको हो ।

महासेठले आफूलाई पठाउन लागेको जानकारी प्राप्त भएको र तयारी गरिरहेकाे बताए । उनले एमालेबाट आफूबाहेक थप १-२ जनाले शपथ लिने तयार भइरहेकाे तर नाम भने आउन बाँकी रहेको बताए

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »