Century Times

वीरगन्जका मेयर सिंहविरुद्ध किर्ते मुद्दा दर्ता

वीरगन्जका मेयर सिंहविरुद्ध किर्ते मुद्दा दर्ता

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध किर्ते मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहविरुद्ध किर्ते मुद्दा दर्ता गरेको हो । उजुरीको परेको करिब २ महिनापछि पर्सा प्रहरीले मेयर सिंहविरुद्ध जाहेरी दर्ता गरेर छानबिन प्रक्रिया अगाडि बढाएको हो  ।

फर्जीको विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेपछि मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए । 

उनका अनुसार प्रहरीमा नागरिकतामा किर्ते गरेको प्रमाणसहित उजुरी परेपछि कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।

उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालयबाट पत्र आइसकेपछि हामीले दर्ता गर्नै पर्छ, त्यही हिसाबले हामी अगाडि बढेका हौँ । सरकारी वकिलको कार्यालयको रायबमोजिम जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।’ 

जिल्ला प्रशासन कार्यालय पर्साले पनि मेयर सिंहविरुद्ध किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढेको जनाएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मेयर सिंहविरुद्ध प्रहरीमा किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढेको पुष्टि गरे । उनले भने,‘त्यसपछि प्रशासन कार्यालयमा पनि अर्को मुद्दा दर्ता गर्ने तयारी छ, गृह मन्त्रालयबाट राय आउनेबितित्कै हामीले पनि झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौँ ।’

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »