Century Times

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्।

बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। 

सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो।

त्यस अनुसार नै राष्ट्रपति पौडेलले उक्त सिफारिस स्वीकृत गरी पदमुक्त गरेका हुन्। 

यस्तै, रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गर्ने निर्णय गरेको थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »