Century Times

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव भएका छन् ।

बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गर्न प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेका हुन् ।

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले आज ( शक्रबार) गर्ने तयारी छ । आजै उनको शपथग्रहण हुने प्रमुखको कार्यालयले जनाएको छ ।

गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »