Century Times

BREAKING NEWS: मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार, ३ जना पक्राउ

BREAKING NEWS: मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार, ३ जना पक्राउ

रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् । रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो ।

कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ ।

लुटपाटमा संलग्न भएको आशंकामा ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटेराहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।

रौतहटका एसपी महेन्द्र श्रेष्ठका भारतबाट आएका ३ जना भारतीयले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । लुटिएको रकमको परिमाण भने खुलेको छैन । एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »