Century Times

जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल शुरु

जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल शुरु

जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल सुरु भएको छ । फिल्म फेस्टिभलको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गर्नुभयो ।

फेस्टिभलमा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशकहरू सहभागी रहनुभएको छ । दुई दिनसम्म चल्ने मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक आयोजना भएको हो । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा सिनेमा हलमा शुरु भएको अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभलमा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम रहेको छ ।

यसैगरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने आयोजक लोकसञ्चार संस्थाका अध्यक्ष रमेश रञ्जन झाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभलको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सतिश कुमार सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा फिल्म फेस्टिभलले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो ।

वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई अझा बढी बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

लोक सञ्चारका अध्यक्ष रमेश रञ्जन झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, गायक सुनिल मल्लिक, अभियानी विभा झा सहितका वक्ताहरुले मैथिली भाषाका अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलको आयोजनाले भाषा, संस्कृति तथा कलाको संरक्षणमा मद्दत पुग्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय मैथिली फिल्म फेष्टिवको क्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम पनि रहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »