यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । पहिलो दिन अहिले विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
मधेश प्रदेशबाट ८१ हजार ७६८ परीक्षार्थी एसईई परीक्षा दिदैछन् । यस प्रदेशमा सबभन्दा बढी धनुषाबाट ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४ परीक्षार्थी छन् ।
यस्तै सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन्
Century Times
