Century Times

७१ विद्यार्थीको गणित विषयको परीक्षा रद्द

७१ विद्यार्थीको गणित विषयको परीक्षा रद्द

 एसइईअन्तर्गत आइतबार सप्तरी जिल्लामा ७१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

अनिवार्य गणित विषयको परीक्षाका क्रममा मर्यादाविपरीत कार्य गरेको आरोपमा विभिन्न केन्द्रबाट ७१ जना परीक्षार्थीको आइतबारको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए । 

राजविराजस्थित हयाप्पील्यान्ड सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट २८,राजदेवी मावि परीक्षा केन्द्रबाट १२,पवि माविबाट १० जना, केअ माविबाट ७ जना,नरेन्द्र मेमोरियल मावि परीक्षा केन्द्रबाट ६ जना तथा इटहरी विष्णुपुर परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको मण्डलले जनाए । परीक्षा मर्यादा र आचारसंहिताविपरीत मोबाइल लिएर परीक्षा दिएको पाएपछि उनीहरूको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ ।

यस्तै परिक्षा मर्यादाविपरीत कार्य गरेको आरोपमा राजविराजस्थित केअ मावि परीक्षा केन्द्रबाट एक जना कार्यालय सहयोगीलाई निष्काशन गरिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »