Century Times

जलेश्वर नगरपालिकामा वडाध्यक्षहरुले लगाए ताला

जलेश्वर नगरपालिकामा वडाध्यक्षहरुले लगाए ताला

महाेतरीकाे जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले नगरपालिकाका विभिन्न फाँटहरुमा तालाबन्दी गरेका छन् ।

नगरपालिकाको रेडबुक पटक-पटक सार्वजनिक गर्नुपर्ने माग गरेपनि नगरपालिकाले उपलब्ध नगराएको, नगर सभा भएको ९ महिनासम्म योजनाहरु सञ्चालन नगरेको, डोर हाजरीमा काम गरेका कर्मचारीको तलब नदिएको भन्दै वडा अध्यक्षहरुले आइतबार नगरपालिकाको योजना, लेखा, प्राविधिक फाँट र प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् ।

नगर सभा भएको ९ महिनासम्म स्वाथ्य चौकीका लागि आवश्यक औषधि खरिद नगरेको, किसानहरुको योजना नगरपालिकाको प्राथमिकतामा नपरेको र नगरपालिको काम र सेवाबारे सार्वजनिक सुनुवाइ नगराएपछि ताला लगाउनु परेको वडा नम्बर २ का वडा अध्यक्ष बरुण दहालले बताए ।

नगरपालिकामा कर्मचारीको बिवरण पटक-पटक मागेपनि वेवास्ता गरेपछि नगरपालिकाको फाटहरु र प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन बाध्य भएको दहालले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »