Century Times

आईपीएल : शीर्ष स्थानको राजस्थानले कोलकातालाई हरायो

आईपीएल : शीर्ष स्थानको राजस्थानले कोलकातालाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा कोलकाता राजस्थानसँग दुई विकेटले पराजित भयो । कोलकताले दिएको २ सय २४ रनको लक्ष्य  राजस्थानले अन्तिम बलमा ८ विकेट गुमाएर भेटायो । उसका जोस बटलरले अविजित एक सय ७ रनको शतकीय पारी खेले ।

कोलकताका हर्षित राना, सुनिल नरिन र वरुण चक्रवर्तीले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सुनिल नरिनको शतकमा ६ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । नरिनले एक सय ९ रन बनाए पनि टोलीले जित्न सकेन ।

राजस्थानका आवेश खान र कुलदीप सेनले समान २/२ विकेट लिए । शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क भएको छ । कोलकाता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Leave a reply

Your email address will not be published.

Translate »