Century Times

सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त

सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ ।

सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ । हिजो दिउँसो भएको पछिल्लो घटना पर्सि अप्रिल १९ तारिखमा लोकसभाका लागि मतदान हुन लागेका बेला भएको हो । विद्रोही माओवादीले चुनाव बहिष्कारको अपिल गर्दै आएको छ ।

Leave a reply

Your email address will not be published.

Translate »