Century Times

आईपिएल : गुजरातमाथि दिल्लीको शानदार जित

आईपिएल : गुजरातमाथि दिल्लीको शानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो । टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि गुजरात १७ ओभर ३ बलमा ८९ रन बनाउँदा अलआउट भएको थियो । उसका रसिद खानले सर्वाधिक ३१ रन बनाए । साई सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजराज सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »