Century Times

विराटनगरको अवस्था तनाबग्रस्तः स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

विराटनगरको अवस्था  तनाबग्रस्तः स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

विराटनगरमा राम नवमीको अवसरमा निकालिएको धार्मिक यात्राका क्रममा मुस्लिम समुदायका केही व्यक्तिहरुले ढुंगामूढा पहार गरेको विश्व हिन्दु परिषदले आरोप लगाएको छ । बुधबार निकालिएको धार्मिक यात्रामा स्थानीय मुस्लिम समुदायबाट ढुंगामूढा प्रहार गरेको परिषदले आरोप लगाएको हो ।

र्यालीमा ढुंगा मूढा प्रहार गरेपछि स्थिती तनाबग्रस्त बनेको थियो । 

विश्व हिन्दु परिषद युवा विभाग विराटनगरले विराटनगरमा र्याली निकाल्नेक्रममा दुई समुदायबिच झडप हुने सम्भावना बढेपछि प्रहरीले स्थिती सामान्य बनाउन बल प्रयोग गरेको छ । 

आफुहरुले निकालेको शान्तिपूर्ण मोटरसाइकल र्यालीलाई अवरोध पुर्याउन खोजेको भन्दै र्यालीमा सहभागीहरुले चर्को नारा जुलुस गरेका थिए । स्थितीलाई साम्य पार्न प्रहरीले भीडलाई तितरवितर पारेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन दर्जनौँ अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सो क्रममा दर्जनौँ घाइते भएको विश्व हिन्दु परिषदले दावी गरेको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »