Century Times

जनकपुरधाममा एकजना युवती र बालिका जलिरहेको अवस्थामा मृत फेला

जनकपुरधाममा एकजना युवती र बालिका जलिरहेको अवस्थामा मृत फेला

जनकपुरधामको कपिलेश्वरमा महिला र बालिकाको जलिरहेको अवस्थामा शव फेला परेको छ । जलेर मृत्यु भएको महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि हुन सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका-१६ मा जलेर महिला र बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । बुधबार साँझ जलेर महिलाको मृत्यु भएको र बालिका घाइते अवस्थामा फेला परेपछि शरीरको अधिकांश भाग जलेको बालिकालाई उपचारका लागि अस्पताल लिएर जादै गर्दा मृत्यु भएको प्रहरी उपरीक्षक तिवारीले भने ।

मृत्यु भएकी महिला महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतो रहेको र करिब ९ महिनाकी बालिकाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जलेर शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »