Century Times

BREAKING NEWS : जनकपुरधामको रामानन्दचोकस्थित एक गेष्ट हाउसमा झुन्डिएको अवस्थामा फेला

BREAKING NEWS : जनकपुरधामको रामानन्दचोकस्थित एक गेष्ट हाउसमा झुन्डिएको अवस्थामा फेला

जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा एक जना महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएका थिए ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना चार दिनदेखि होटेलमा थिए । पुरूषको चार र महिलाको १ सन्तान छन् ।

दुवैजनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »