Century Times

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवनमा

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवनमा

महोत्तरीको भंगहा नगरपालिका ९ स्थित कञ्चनवनमा आज १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रीहरुले आपसमा होली खेल्ने भएका छन् ।

धनुषाको कचरीबाट सुरु भएको मिथिला परिक्रमा यात्रीहरू आज कंचनवन पुगेका हुन् ।

आज दिउँसो परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू आपसमा रंग अविर खेलेर होलीको शुभारम्भ हुने गर्छ । त्रेतायुगमा भगवान राम र माता सीता कञ्चनवनमा होली खेलेको जनविश्वास छ । सोही विश्वासका आधारमा परिक्रमा यात्रीहरू रंग अविर खेल्ने गर्छन् ।

पैदल खाली खुट्टा हिड्नुपर्ने यो यात्रामा हजारौँ साधु सन्त, श्रद्धालु भक्तजन सहभागी छन् । उनीहरू भगवान राम र सीताको डोलाका साथसाथ नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर यात्रा गर्छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »