Century Times

सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई निजी स्वास्थ्य संस्थाहरूमा काम गर्न नपाइने

सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई निजी स्वास्थ्य संस्थाहरूमा काम गर्न नपाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सेवामा कार्यरत  चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई निजी स्वास्थ्य संस्थाहरूमा काम गर्न नपाइने बताएको छ।

कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले बिदा स्वीकृत गराई वा नगराई स्वदेशका निजी स्वास्थ्य संस्था विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत रहेको भन्ने गुनासो आएको भन्दै अबदेखि सरकारी सेवामा रहेका कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने बताएको हो। 

मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीद्वारा जारी अपिलमा यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्वन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »