Century Times

आईपीएल : हैदराबादले दिल्लीलाई ६७ रनले हरायो

आईपीएल : हैदराबादले दिल्लीलाई ६७ रनले हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो ।

यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो । सात खेलमा पाँचवटा जितेर १० अङ्क बनाएको हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा छ । आठ खेलमा तीनवटा जितेको दिल्ली सातौं स्थानमा छ ।

शीर्षस्थानको राजस्थान रोयल्सको १२ अङ्क छ । आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »