Century Times

सडक ढलानमा अनियमितता गरेको आरोपमा गाउँपालिका उपाधयक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

सडक ढलानमा अनियमितता गरेको आरोपमा गाउँपालिका उपाधयक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीकाे एकडारा गाउँपालिका उपाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

एकडारा–१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले गाउँपालिका उपाध्यक्षसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल, सहायक सब–इन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्शन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध मुद्दा दायर गरेकाे छ । आयाेगले उनीहरूसँग आठ लाख ६५ हजार एक सय ४५ रुपैयाँ बराबरको बिगो मागदाबी गरेकाे छ ।

गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगकाे विज्ञप्तिमा उल्लेख छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »