Century Times

कप्तान रोहित पौडेलको शतकमा वेस्ट इण्डिजविरूद्ध नेपालको सानदार जित

कप्तान रोहित पौडेलको शतकमा वेस्ट इण्डिजविरूद्ध नेपालको सानदार जित

वेस्ट इण्डिज ‘ए’ विरूद्ध नेपालले सानदार जित निकालेको छ। 

त्रिवि मैदान कीर्तिपुरमा जितका लागि २०५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो।  कप्तान रोहित पौडेलको शतकीय पारीसँगै  गुल्सन झा र प्रतिश जिसीको उत्कृष्ठ ब्याटिङमा नेपालले वेस्ट इण्डिजविरूद्ध सानदार जित निकालेको हो।

४८ बलमा १० चौका र ५ छक्का प्रहार गरी १७.२ ओभरमा शतक पूरा गरेका पौडेल १८.५ ओभरमा आउट भएका थिए। पौडेले आउट हुँदा नेपाललाई ७ बलबाट १३ रन आवश्यक थियो।

उनको विकेटपछि आएका प्रतिश जिसीले पहिलो बलमै चौका प्रहार गरे। अन्तिम ओभरको ६ बलबाट नेपाललाई ९ रनमात्रै आवश्यक थियो।

ओभरको दोस्रो बलमा १ रन लिएर प्रतिशले गुल्सनलाई स्ट्राइक दिएका थिए। त्यसपछि लगातार दुई छक्का प्रहार गर्दै गुल्सनले २ बल बाँकी छँदै टिमको जित सुनिश्चित गरेका हुन्।

गुल्सन झाले ४ बलबाट ९ रन र प्रतिशले २ बल खेलेर ५ रन हान्दै नट आउट रहे। त्यसअघि कप्तान रोहित पौडेलले ५४ बल खेलेर १० चौका र ६ छक्का प्रहार गरी ११२ रन बनाएका थिए।

दिपेन्द्रसिंह ऐरीले १८ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडेका थिए। कुशल मल्लले १५ बलमा १ चौका र १ छक्का प्रहार गरी १६ रनको योगदान गरे। ओपनर अनिल साह ५ रन बनाएर आउट हुँदा कुशल भूर्तेल १६ रन जोडेर पेभिलियन फर्केका थिए।

बलिङमा वेस्ट इण्डिजका म्याथ्यु फोर्डी र ओबेड मिककोएले २/२ विकेट तथा किमो पउलले १ विकेट लिए। त्रिवि मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो।

वेस्ट इण्डिजका लागि कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन बनाए। त्यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर एलिक एथनेजले २५ बलमा ४७ रन बनाए। त्यस क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे।

किची कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३८ रन जोडे। आन्द्रे फ्लेचरले १३ रनको योगदान गर्दा कादिम एलेन १४ रन बनाएर नट आउट रहे।

बलिङतर्फ नेपालका कमलसिंह ऐरीले, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले एक/एक विकेट लिए। पाँच खेलको सिरिजको दोस्रो खेल भोलि हुनेछ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »