Century Times

प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पार्टीबीच एकता घोषणा

प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पार्टीबीच एकता घोषणा

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकता भएको छ ।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा भएको समारोहमा दुई दलबीच पार्टी एकतापत्रमा हस्ताक्षर भएको हो । पार्टी एकतापछि पनि पार्टीको नाम आजपा नै रहेको छ ।

पार्टी एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको बर्बादी रोक्न क्रान्तिकारी शक्तिहरु एकजुट भएको बताए ।

उनले भने, ‘देशको अवस्था अस्तव्यस्त छ । देशको समस्यालाई महसुस गरेर समाजवादी पार्टीका साथीहरुले एकता गर्नुपर्छ भन्नुभयो । जनताको निराशा र समृद्ध देश निर्माण गर्न हामीले एकताको घोषणा गरेका छौं ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »