Century Times

वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव

वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव मातृकाप्रसाद यादवले सत्ता समीकरण रहने वा नरहने विषय एमाले अध्यक्ष केपी शर्मा ओलीमा भर पर्ने बताएका छन् । वर्तमान सरकार ढाल्न कांग्रेस र एमालेबिच पहिलेदेखि नै कसरत भए पनि सफल नहुने उनको बुझाइ छ ।

‘कांग्रेस र  एमालेबिच समीकरण बनाउन अहिलेदेखि भएको होइन । चुनाव भएदेखि नै भएको हो । यी कसरत कुनै नयाँ विषय होइन । त्यो चलिराखेकै छ । समीकरण भत्काउन गगनजी लगायत नेताहरू लागिराख्नु भएको छ । बोलिराख्नुभएको छ । तर तत्काल सरकार ढल्ने म देख्दिन । यो समीकरण रहने वा नरहने विषय ओलीमा भर पर्छ । उहाँले चाहनुभयो भने रहन्छ, चाहनु भएन भने रहँदैन’, बिहीबार रातोपाटीसँग कुरा गर्दै उनले भने ।

साथै नयाँ समीकरण बनाउने बेला संघको मात्र हिसाब किताब भएकाले समस्या आएको उनको बुझाइ छ । समीकरण भत्काउनुअघि सबै प्रदेशको हिसाब गरेको भए समस्या नआउने उनको भनाइ छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »