Century Times

लाइसेन्स प्राप्त हतियारहरूको प्राविधिक परीक्षण गराउन सिफारिस

लाइसेन्स प्राप्त हतियारहरूको प्राविधिक परीक्षण गराउन सिफारिस

गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुमति पत्र (लाइसेन्स) लिएर प्रयोग गरिएका हतियारको प्राविधिक परीक्षण गराउन सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ)बाट अनुमति पत्र लिएर खरिद गरिएका हतियार पनि घातक हुनसक्ने निष्कर्ष सहित समितिले त्यस्ता हतियारको प्राविधिक परीक्षण गराउन सिफारिस गरेकोछ ।

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो सिफारिस गरेको हो । शंकास्पद हतियार नेपाली सेना वा सशस्त्रको प्राविधिक टिमबाट ‘भेरिफाइ’ गराउन भनिएको छ । अनुमति पत्र भएका हतियार अब प्रमुख जिल्ला अधिकारीहरूले सेना र सशस्त्र प्रहरी बलको हतियार विशेषज्ञ मार्फत परीक्षण गराउनुपर्ने छानबिन समितिको सिफारिस छ ।

अहिले देशभर करिब ३६ हजार अनुमति प्राप्त हतियार प्रयोगमा छन् ।

छानबिनबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट प्रहरीले बरामद गरेको हतियार इजाजत दिन मिल्ने खालको नदेखिएको देखिएको छ । समितिले बुझाएको प्रतिवेदन गृह मन्त्रालयले अध्ययन गरिरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »