Century Times

आईपीएल : पञ्जाबले चेन्नईलाई हरायो

आईपीएल : पञ्जाबले चेन्नईलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले साविक विजेता चेन्नई सुपर किंग्सलाई हराएको छ । गएराति भएको खेलमा पञ्जाबले चेन्नईलाई ७ विकेटले हराएको हो । चेन्नईले दिएको १ सय ६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले सर्वाधिक ४६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । उसका कप्तान रुतुराज गाएक्वाडले  सर्वाधिक ६२ रन बनाए । जितपछि पञ्जाब १० खेलमा ८ अङ्कसहित सातौँ स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा १० अङ्कसहित चौथो स्थानमा छ ।

आईपीएलमा आज सनराईजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »