Century Times

सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे

सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे

सुनको भाउ आज घटेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »