Century Times

धनुषाबाट खैरे हिरोइन जस्तो देखिने लागु औषधसहित एकजना पक्राउ

धनुषाबाट खैरे हिरोइन जस्तो देखिने लागु औषधसहित एकजना पक्राउ

धनुषाबाट प्रहरीले खैरो हिरोइन जस्तो देखिने लागु पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय,जनकपुर र उक्त कार्यालय मातहत ईलाका प्रहरी कार्यालय ढल्केवर, धनुषा र ईलाका प्रहरी कार्यालय भरतपुर, धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. १ बिरेन्द्रबजार स्थित पुर्व पश्चिम लोकमार्गमा धारापानीबाट बिरेन्द्रबजार तर्फ आउदै गरेको सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सिराहाको कर्जनाहा नगरपालिका वडा नं. २ का बर्ष ३५ को ईन्दल साहको साथबाट ५६.०९ ग्राम खैरो हिरोईन जस्तो देखिने लागु पदार्थ बरामद भएकोले जनाइएको छ ।

पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यालय ढल्केवरमा ल्याई थप अनुसन्धान भईरहेको जनाईएको छ ।

Leave a reply

Your email address will not be published.

Translate »