Century Times

नदीमा डुबेर महोत्तरीमा एक बालिकाको मृत्यु

नदीमा डुबेर महोत्तरीमा एक बालिकाको मृत्यु

महोत्तरीको मटिहानी नगरपालिका-९ सिमरदहीमा रहेको बिग्ही नदीमा बेपत्ता एक बालिकाको शव फेला परेको छ ।

नदीमा मटिहानी नगरपालिका ९ कै बीरेन्द्र मण्डलकी १५ वर्षीया छोरी आरती कुमारी मण्डलको शव फेला परेको हो । आज बिहान करिब १० बजे नदीमा नुहाउन पुगेकी स्थानीय वीरेन्द्र मण्डलकी १५ वर्षीया छोरी आरतीकुमारी मण्डल बेपत्ता भएकी थिइन् ।

स्थानीय मोसाफिर सहनी र छेदी सहनीले करिब तीन घण्टासम्म खोजेपछि आरतीको शव भेटिएको वडाध्यक्ष मदन चौधरीले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी भइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »