Century Times

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

हिजो साेमबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५  रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »