Century Times

शिक्षा समितिको निर्णय सच्याउन मागसहित मेयर साहलाई ज्ञापन

शिक्षा समितिको निर्णय सच्याउन मागसहित मेयर साहलाई ज्ञापन

जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई पालिकामा काजमा खटाएको भन्दै नेकपा एमाले जनकपुरधाम नगर कमिटीले आपत्ति जनाएको छ । शिक्षा निति विपरित विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अहम भूमिका निर्वाह गर्दै आईरहेका प्रधानाध्यापक मोदनारायण राउतलाई पालिकामै काजमा खटाएको भन्दै एमालेको नगर कमिटीले आपत्ति जनाएको हो ।

एमाले नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको अगुवाईमा नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा समितिले गरेको अन्यायपूर्ण निर्णयलाई सच्याउँदै प्रधानाध्यापक राउतलाई पुनः सोही विद्यालयमा यथास्थानमा राख्न माग गरिएको छ । राम्रो विद्यालय राम्रो शैक्षिक व्यवस्थापन भई रहेको, अवस्थामा पुरस्कार दिनुको साटो दण्ड स्वरुप नगरपालिकामा काजमा तान्नु शिक्षा नीति विपरित कार्य हो ।

यस कार्य प्रति हाम्रो पार्टीको नगर कमिटीको घोर आपत्ती छ । तसर्थः उक्त पूर्वाग्रही निर्णय सच्याउन अनुरोध छ उल्लेख गरिएको छ । निर्णय नसच्याइए आन्दोलनमा जान वाध्य हुने एमाले नगर कमिटीले चेतावनी समेत दिएको छ । सो अवसरमा एमालेका नगर उपाध्यक्ष सन्तोष महतो,सचिव राजु साह सहितका नेता कार्यक्रताहरुको सहभागिता थियो ।

यता नगरप्रमुख मनोज कुमार साहले दरबन्दी मिलान बारे छलफल भइरहेकोले ज्ञापनपत्रमा ध्यानाकर्षण गराइएका मागसहित अन्य शिक्षक र शिक्षा विभागमा भएका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »