Century Times

आईपीएल : बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो

आईपीएल : बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ ।

जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । उसका विराट कोहलीले सर्वाधिक ९२ रन बनाए ।

त्यस्तै रजत पटिदारले ५५ रन जोडे । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो । पञ्जाबका राईली रुस्सोले सर्वाधिक ६१ रन बनाए । अङ्क तालिकामा १२ खेलमा १० अङ्कसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »